अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीनजना मन्त्रीहरुको सपथ आज विहान ११ः३० मा हुने भएको छ ।
शीतल निवास स्रोतका अनुसार मन्त्रीहरुको सपथका लागि अहिले टेण्ड टाँग्ने काम भइरेको छ । अन्तरिम प्रधानमन्त्री कार्की अर्थमन्त्रीमा पूर्व अर्थसचिव डा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानूनमन्त्रीमा ओमप्रकाश अर्याल छन् ।
खनाल पूर्व अर्थसचिव हुने भने घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । अर्याल भने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार हुन् ।






