अन्तरिम प्रधानमन्त्री सुशीला कार्की आजपनि तिलगंगा अस्पताल गएकी छन् । उनी बिहान सवा ९ बजे बालुवाटार निवासबाट निस्केर सवा १० बजे पुनः बालुवाटार फर्केको वालुवाटार स्रोतले जनाएको छ ।
अन्तरिम प्रधानमन्त्री कार्की मंगलबार पनि सोही अस्पतालमा गएकी थिइन् । कार्की आँखा जाँचजको सिलसिलामा बिहान अस्पताल गएको सचिवालय स्रोतले जनाएको छ ।
उपचारको क्रममा मंगलबार अन्तरिम प्रधानमन्त्रीले डा. सन्दुक रुइतलाई अन्तरिम सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेर सहयोग पुर्याउन आग्रह गरेकी थिइन् । तर, डा. रुइतले बिरामीको उपचार अलपत्र पारेर सरकारमा जान नसकिने आफ्नो बाध्यता सुनाएका थिए ।






