• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस पुनर्गठनका लागि ३ महिना भित्र विशेष महाधिवेशन गरौँ : सहमहामन्त्री परियार

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २, बिहीबार ११:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि ३ महिना भित्र विशेष महाधिवेशन बोलाउन माग गरेका छन् । परियारले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वत्र पार्टी पुनर्गठनको माग उठेको भन्दै विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सकिने स्पष्ट पारे । उनले अहिलेका लागि विधानको विशेष महाधिवेशनसम्बन्धी धाराको प्रयोग गर्नु उपयुक्त हुने बताए । सहमहामन्त्री परियारले भने नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन नै उपयुक्त विकल्प दाबि गरे ।

    उनले भने–‘पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन हुनुपर्ने जस्ता विविध मागहरू उठेका छन्, मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन बोलाउनु र निर्वाचन गर्नु उपयुक्त हुने देखेको छु ।’ विधानको उक्त दफामा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन माग गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।

    उनले लोकतान्त्रिक व्यवस्थामाथि नै खतरा पैदा भएको स्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले सुझबुझपूर्ण पहलकदमी लिएको भन्दै आभार समेत व्यक्त गरेका छन् । आगजनी र तोडफोडका कारण देशले ठुलो क्षति ब्यहोरेको भन्दै उनले सरकारले राष्ट्रिय विपद्‌को घोषणा गरी क्षतिग्रस्त संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत देशै भरिका सार्वजनिक संरचनाको पुनर्निर्माण अभियान थाल्नुपर्ने बताएका छन् ।

    Post Views: 120
    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ११:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.