• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

संविधान दिवसमा बालेनको मौनता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा हुन त ?

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ४, शनिबार ०६:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शुक्रबार देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँयो । सरकारले टुडिखेलमा, राष्ट्रपति कार्यालयले शीतल निवासमा र दलहरूले विभिन्न कार्यक्रम गरी लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले गरेको सात दशक लामो संघर्ष र बलिदानको स्मरण गरे । यही संविधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न मदत गरेको छ भने, २०६२-६३ को जनआन्दोलनका उपलब्धिका रूपमा प्राप्त समावेशी तथा समानुपातिक प्रणालीलाई पनि अङ्गीकार गरेका छ।

    तर, मुलुकले यसरी संविधान दिवस मनाइरहँदा जेन–जी आन्दोलनले बलियो नेताका रूपमा स्थापित गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भने कुनै प्रतिक्रिया जनाएनन्। बालेन न कुनै संविधान दिवसका कार्यक्रममा देखा परे। उनकै जोडबलमा बनेको अन्तरिम सरकारले आयोजना गरेको संविधान दिवस मनाउँदा कार्यक्रममा पनि बालेन देखिएनन्। सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन सहभागि थिए ।

    बालेनको यसरी प्रतिक्रियाविहीन बस्दा धेरैले यसलाई रहस्यमय रूपमा हेरेका छन्। जेन–जी आन्दोलनको एउटा जमातले मुलुकमा प्रत्यक्ष कार्यकारी सरकार प्रमुखको अवधारणा अघि सारिरहेको छ। बालेन पनि त्यसकै पक्षमा रहेको बताइन्छ। संविधान दिवसका अवसरमा उनले कुनै प्रतिक्रिया नदिँदा कतै उनी संविधानकै विकल्पमा त रणनीति बनाइरहेका छैनन् भन्ने आशंका पनि उठिरहेका छन्।

    उनी यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको नै विकल्पमा पक्षमा हुन कि भन्ने आम नागरिकमा प्रश्न उठेको छ । कतिपयले त बालेनले यो संविधान र यो व्यवस्थाका बारेमा बालेनको धारणा के हो भनेर पनि सार्वजानिक गर्नुपर्ने आवाज उठ्न लागेको छ ।

    Post Views: 203
    प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार ०६:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.