नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समयमा महाधिवेशन सम्पन्न गर्ने तयारीमा नलागेको बताएका छन् ।
आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले महामन्त्रीद्धयलाई समयमा महाधिवेशनको तयारी किन नगराएको भनीसँग प्रश्न गरे ।
उनले भने – ‘समयमै अधिवेशन सम्पन्न होस् भन्ने हामी चाहन्छौँ । जिम्मेवारी उहाँहरुलाई दिइएको थियो । तयारी गर्ने काम उहाँहरुको थियो । किन हुन सकेन ?’
उनले दुवै महामन्त्री तर्फ संकेत गर्दै काम भन्दा कुरा बढी भएको आरोप लगाए ।






