• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हस्ताक्षर संकलन गरी बोलाउन लागीएको कांग्रेसको विशेष महाधिवेशन अवैधानिक !

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ७, मंगलवार १४:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।
    तर अब बोलाइने पार्टीको विशेष महाधिवेशन अवैधानिक हुने देखिन्छ ।

    कांग्रेसको विधानको दफा १७ (२) मा भनिएको छ,‘ केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।

    असोजमा बल्ल हस्ताक्षर संकलन थालेको विशेष महाधिवेशन कम्तिमा पनि मंसिर अगाडि हुने देखिदैन् । १४ औंमहाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन सहभागी थिए । ४ हजार ७ सय ४३ को ४० प्रतिशत भनेको १ हजार ८ सय ९८ हुन जान्छ । यो संख्या दशैं अगाडि पुग्ने अवस्था देखिदैन् । दशैं पछाडि विशेष महाधिवेशनका लागि केन्द्रसमक्ष लिखित अनुरोध गर्दा ३ महिनाको अवधिमा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समिति नै अवैधानिक भइसकेको हुन्छ ।

    किनकी २०७८ साल असोज २४ गते कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन भएको थियो । कांग्रेसको विधानमा उल्लेख भए अनुसारको ४ वर्षे कार्यकाल यही साल मंसिर अर्थात २०८२ साल मंसिर २४ गते समाप्त हुन्छ । यसरी म्याद सकिएको अवस्थामा सभापतिले बोलाउने विशेष महाधिवेशन अवैधानिक हुने कानूनका जानकारीहरुले बताउने गरेका छन् ।

    आउने मंसिर २४ गते सवै तहको म्याद सकिदै गर्दा कांग्रेसमा नियमित वा विशेष महाधिवेशन के गर्ने भन्ने बहस पनि सुरु भएको छ । धेरैको भावना पार्टी यथास्थितिमा चल्दैन, पार्टीमा अपरेशन जरूरी छ, युवाको आक्रोश र जनताको भावना बुझ्न सकेन भने त पार्टी चल्न सक्दैन, अहिले पार्टी संकटको घडीमा छ, भावनामा बहकिएर निर्णय गर्ने छुट कसैलाई छैन, एकताबद्ध भएर जानुपर्छ भन्ने आम कार्यकर्ताको भावना रहेको छ ।

    मंसिरमा कार्यकाल सकिने भएकोले अब सबैको सहमतिमा नियमित महाधिवेशन गरे हुने भन्नेमा धेरै नेता रहेका छन् । उनीहरु विशेष महाधिवेशन भनेर कहिले गर्ने, विधानअनुसार ३ महिनामा भन्ने भएकाले विशेष महाधिवेशन गर्नका लागि मंसिर कट्ने धेरैको अनुमान छ ।

     

    Post Views: 526
    प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १४:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.