अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेट भएको छ ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा झण्डै करिब पौने दुईघण्टा छलफल भएको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
बालेन बालुवाटारमा ८ः२५ मा बालुवाटार पुगेका थिए । जेन जी आन्दोलन र बर्तमान सरकार गठनमा निर्णायक भूमिका देखिएका मेयर साहले अन्तरिम सरकार बनेपछि पहिलो पटक प्रधानमन्त्री कार्कीसंग छलफल गरेका हुन् ।
साह प्रधानमन्त्रीको सपथग्रहण समारोहमा समेत उपस्थित हुनु भएका थिएनन् ।






