• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मुलुकलाई विषम अवस्थाबाट पार लगाउन निषेध होइन आपसी सद्भाव, सहिसुणता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको छ : डा शशांक

  •  नेपाल चौतारी
  • २०८२ आश्विन १३, सोमबार ०७:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले इतिहासकै सबैभन्दा विषम अवस्थामा मुलुक उभिएको भन्दै यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिसुणता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको बताएका छन् । बडा दशैं २०८२ को शुभकामना व्यक्त गर्दै उनले नेपाली कांग्रेसभित्र अझै बलियो एकता आवश्यक रहेको र बलियो र एकताबद्ध कांग्रेसले नै विगतमा आइपरेका चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई निकास र विकास दिएको स्मरण गरेका छन् ।

    उनले अहिले नेपाली जनताको लामो संर्घष, त्याग, बलिदान र उत्सर्गबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको जग संविधानमाथि प्रहार भएको र  जन निर्वाचित थलो प्रतिनिधिसभा विघटन गरिएको भन्दै यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जोगाउनु पर्ने प्रमुख दायित्व नेपाल कांग्रेसमा आएको उल्लेख गरेका छन् । उनले शुभकामना सन्देशमा भनेका छन् – ‘यो अवस्थाबाट देशलाई पार लगाउन एकले अर्कालाई निषेध होइन आपसी सद्भाव, सहिसुणता र एकतासहितको सुझबुझपूर्ण निर्णय चाहिएको छ । त्यसका लागि नेपाली कांग्रेसभित्रको अझै बलियो एकता आवश्यक छ । बलियो र एकताबद्ध कांग्रेसले नै विगतमा आइपरेका चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई निकास र विकास दिएको छ ।’

    पूर्वमहामन्त्री कोइरालाले प्रतिकुलता बिच पनि सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट चरित्र भएको बताउदै अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकताबाट मात्र सम्भव भएको बताएका छन् । डा कोइरालाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ – ‘त्यसले नै मुलुकको हित, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिँड्न तथा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ । देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । त्यसले मात्र संविधानलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको राजमार्गलाई अझ फराकिलो बनाउन र विद्यमान चुनौतीबाट देशलाई पार लगाउन सकिने छ । नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सबैलाई आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न म वडा दसैँको अवसरमा आह्वान गर्दछु ।’

    डा कोइरालाले भाद्र २३ र २४ गते काठमाडौं सहित देश भरी भएको प्रदर्शन र ध्वशंसँगै यस वर्षको बडादसैँ हामी फरक अवस्था र विषम परिवेशकाबिच मनाउन लागेको उल्लेख गर्दै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक महत्व बोकेका धरोहरहरू नष्ट भएका छन् । नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको बिगुल फुक्ने कृष्णप्रसाद कोइरालाको निवास (विराटनगरको कोइराला निवास), ३० वर्षे पञ्चायती कालरात्रिबाट मुक्ति दिलाउन २०४६ सालमा आन्दोलनको शंखघोस गरेको गणेशमान सिंहको चाक्सी बारीस्थित निवास, सुशासन र सादगी जीवनका पर्याय सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा बाँडेगाउँ स्थित आश्रम आगजनीबाट खण्डहरमा परिणत भएकामा दुृख व्यक्त गरेका छन् । डा कोइरालाले ती खण्डहर भनवहरु केबल कसैका घर नभएर सिंगो नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहास र हाम्रो साझा सम्पत्ति भएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन् – ‘लोकतन्त्रमा विश्वास राख्ने नागरिकका सम्पत्ति मात्र होइन व्यापारिक प्रतिष्ठानका साथै संघीय संसद् भवन, सर्वोच्च अदालत, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास, प्रमुख राजनीतिक दलका पार्टी कार्यालयसहितका अर्बौको राष्ट्रिय सम्पत्ति नष्ट भएका छन् । नष्ट भएका भौतिक संरचना फेरि निर्माण गर्दै जाउँला तर रित्तो बनेका काखहरू अब कहिल्यै भरिने छैनन् । नष्ट भएका इतिहास पनि फर्केर आउने छैन । त्यस क्रममा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, नेपाली कांग्रेसका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा आरजु राणालगायत त्यस क्रममा घाइते सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

     

    Post Views: 225
    प्रकाशित मिति: २०८२ आश्विन १३, सोमबार ०७:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.