पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट विहिबार डिस्चार्ज भएकी छन् । निमोनियाको उपचारका लागि उनीमंगलबार बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा भर्ना भएकी थिइन् ।
उपचार गराएर विहिबार साँझ जेठी छोरी उषाकिरणको घर बालुवाटार फर्किएकी हुन् । मंगलबार मध्यान्ह स्वास्थ्य जाँचको लागि अस्पताल पुग्दा चिकित्सकले भर्ना गरिदिएका थिए । उनले फ्रन्टलाइन हस्पिटलको क्याबिन नम्बर ६०३ मा मंगलबार र विहिबार आधा आधा दिन र बुधबार दिनभर विताएकी थिइन् ।
भदौ २४ गते जेन जि विध्वंशमा भंगालस्थित उहाँको घरलाई आगो लगाएर ध्वस्त बनाइएको थियो त्यसदेखि यता बालुवाटारस्थित जेठी छोरीको घरमा बस्दै आएकी छन् ।






