• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अतिवृष्टिका सम्भावित स्वास्थ्य प्रभावबारे मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको पूर्व तयारी बैठक सम्पन्न

  •  नेपाल चौतारी
  • २०८२ आश्विन १९, आईतवार ०८:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निरन्तरको वर्षापछि आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै मधेश प्रदेशमा पूर्वतयारीबारे छलफल थालेको छ । मधेश प्रदेशमा अतिवृष्टिका सम्भावित स्वास्थ्य प्रभावलाई ध्यानमा राखी प्रदेश स्वास्थ्य निर्देशनालयले भर्चुअल बैठकमार्फत छलफल गरेको हो ।

    बैठकले अतिवृष्टिका कारण क्षति भएमा समयमै जानकारी अद्यावधिक गर्नुपर्ने, संघीय–प्रदेश–स्थानीय तहबीच निरन्तर समन्वय गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै प्रभावकारी स्वास्थ्य प्रतिकार्य सुनिश्चित गर्नुपर्ने र सबै सरोकारवालाहरू उच्च सतर्क रहनुपर्ने पनि निर्णय गरेको छ ।

    बैठकको अध्यक्षता प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुखहरूले आफ्ना जिल्लास्तरीय अद्यावधिकहरू पेश गरेका थिए भने अस्पताल प्रतिनिधि र स्वास्थ्य सयोजकहरूले अवस्था प्रतिवेदन पेश गरेका थिए । यसअगाडी वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि निर्देशनालयले गरेका प्रयासबारे समिक्षा गरिएको थियो ।

    वर्षापछि मधेशका जिल्लाहरुमा आउन सक्ने बाढी र त्यसपश्चात उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा स्वास्थ्य संस्थाले पु¥याउन सक्ने योगदानबारे निर्देशक न्यौपानेले जानकाकारी लिएका थिए । त्यस्तै प्रदेशका स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री सत्रुघन सिंहले कुनै पनि जोखिम र त्यसपश्चात हुनसक्ने क्षतिका लागि उच्च सतर्क रहन सबैलाई निर्देशन दिएका थिए ।

    संघीय सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी र समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले प्रदेशलाई आवश्यक सहयोगको प्रतिवद्धता ब्यक्त गरे । बैठकमा मधेशका जनस्वास्थ्य प्रशासक नीलराम्बा अधिकारी, निर्देशक डा। जमुन प्रसाद सिंह, प्रदेशका अस्पताल प्रतिनिधिहरू, जिल्ला स्वास्थ्य कार्यालय प्रमुखहरू, विभिन्न पालिकाका स्वास्थ्य सयोजकहरू तथा लगायतका साझेदारहरूको सहभागिता रहेको थियो ।

    Post Views: 314
    प्रकाशित मिति: २०८२ आश्विन १९, आईतवार ०८:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.