• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

व्यवस्थापिका फालेर न्यायपालिकामाथिको आक्रमण गरि राज्य विघटन गर्न खोजिएको सरकार ?

  •  अर्जुनदृष्टि
  • २०८२ आश्विन २१, मंगलवार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राज्य बन्नका लागि तीनवटा अंग चाहिन्छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । अझ लोकतान्त्रिक शासन पद्दतीका लागि कार्यपालिका र व्यवस्थापिका जनताबाट निर्वाचित हुन पर्दछ । अहिले नेपालका व्यवस्थापिका फालिएको छ । अर्थात भदौ २३ र २४ गतेको प्रर्दशनपछि प्रतिनिधिसभा फालेर अन्तरिम सरकार बनाइएको छ ।

    यो अन्तरिम सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरि अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका थिए । त्यसकारणले लोकतान्त्रिक व्यवस्थाको मूल्य मान्यता अनुसार यो कार्यपालिका हैन । कार्यपालिका त जनताबाट निर्वाचित सरकार हुन आवश्यक छ ।

    अब एउटा राज्यको अंगका रुपमा रहेको न्यायपालिका छ । त्यही भएकाले न्यायपालिकामाथि प्रहार सुरु भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई हटाउन भन्दै जेजनी अगुवाका रुपमा उभ्याइएको पात्र सुदन गुरुङले दबाब बढाएका छन् । उनलाई सरकारले नै सहयोग गरिरहेको आभास आम नागरिकले गरिरहेका छन् । सुदुनको संरक्षण गरिरहेको सरकार नै राज्य विघटनमा लागेको हो कि भन्ने शंका पैदा भएको छ । कुनै सहमतिबाट प्रधानन्यायाधीश हटाउने खेल भयो भने चाँही सरकारले राज्य विहिनताको अवस्था निम्ताउन लागेको स्पष्ट हुन्छ । यो अवस्थामा सम्पूर्ण बुद्धिजीवी, नागरिक समाज र राजनीतिक दलहरू सजग हुने बेला भएको छ ।

    मुलुक भयावह अवस्थामा छ । एउटा विवादस्पद एनजीओ संचालन गरिरहेको र जेजजी आन्दोलन समेत अपहरण गरेको आरोप लागेको एक जना सुदुन गुरुङ सरकार कर्मचारी, नेपाल प्रहरी र आम नागरिकलाई धम्की दिदैँ हिडेँको छ । उसलाई सरकारले नै सहयोग गरिरहेको छ । प्रहरीलाई धम्की दिएपछि प्रहरी विट विटबाट सुरक्षाका लागि प्रहरी वृतमा तानिएका छन् । हजारांै अपराधीहरू जेलबाट भागेका छन् । हजारौं हतियार र गोलीहरू लुटिएका छन् । यस्तो अवस्थामा प्रहरीहरू एक अराजक व्यक्तीको धम्कीबाट विट छोडेर वृतमा केन्द्रीत हुनुपरेको छ । यसले गर्दा आम नागरिकले असुरक्षा महसुस गरिरहेका छन् । तर सरकारका गृहमन्त्री त्यही अराजक मान्छेलाई विद्धान भन्दै सरकारी बैठकमा अनधिकृत रुपमा राख्ने गरेका छन् । यसले गर्दा सरकारप्रति नागरिकको विश्वास टुट्दै गएको छ ।

    अहिलेसम्म सुधनको वैधानिक हैसियत आम नागरिकको मात्र हो । एउटा नागरिकले सरकारलाई सुझाव दिन, झकझक्याउन र खबरदारी गर्न सक्छ । तर, अख्तियार प्राप्त अधिकारी जसरी प्रहरी तथा सरकारी कर्मचारीलाई निर्देशन दिन वा सरकारी निकायको काममा जबरजस्त पहुँच राख्न र हस्तक्षेप गर्न सक्दैन । यसले बढाउने भनेको अराजकता मात्रै हो । त्यसो भएका हुनाले अब न्यायलयको समेत नेतृत्व सम्हाली सकेकी अन्तरिम प्रधानमन्त्री कार्कीले कि सुदन गुरुङलाई बैधानिक जिम्मेवारी दिनुप¥यो अन्यथा उनका गतिविधीमा लगामा लगाउन प¥यो । अत्यन्तै भयावह मोडमा रहेको अवस्थामा यस्ता अराजक गतिविधिले सरकारलाई नै अफ्ठ्यारोमा पार्ने निश्चित छ ।

    अहिले न्यायपालिकामाथि जसरी प्रहार सुरु गरेको छ । त्यसका बारेमा सरकारले आफ्नो धारणा स्पष्ट पार्न जरुरी छ । अन्तरिम प्रधानमन्त्री न्यायपालिकाको महत्व राम्रैसंग बुझेकी छन् । प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तीको विषयमा प्रश्न उठेको हो । तर त्यो प्रश्नको निवारण अहिले राज्य विहिनता बनाउने गरि प्रधानन्यायाधीश हटाएर न्यायाधीश हटाएर निवारण हुदैन । सरकार नै प्रधानन्यायधीश हटाउन बाटोमा लाग्यो भने आम नागरिकले बुझ्नुपर्ने कुरा भनेको त्यसका लागि अराजक मान्छेलाई मोहरा बनाएर सरकार अगाडि बढ्दैछ । प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा अदालतमा पर्दा बर्तमान प्रधानन्यायधीश राउत अनुकुल हुन नसक्ने निष्कर्ष सहित प्रधानन्यायाधीश हटाउने खेलमा सरकार नै छ भनेर बुझ्न धेरै घोत्लनै पर्दैन् । सरकार नै प्रधानन्यायधीश हटाएर आफू अनुकुलको प्रधानन्यायाधीश ल्याउने बाटोमा अग्रसर भएमा अन्तरिम प्रधानमन्त्री कार्कीलाई पनि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापतिबाट रुकमाङ्गत कट्वाललाई हटाए जस्तै महंगो पर्न सक्छ । यसका लागि कानूनविद्, कानूनव्यवसायी, बुद्धिजिवी नागरिक समाज र राजनीतिक दलहरूले सहकार्य गरेर अर्को क्रान्तिको बाटोमा लाग्न जरुरी छ ।

     

    Post Views: 860
    प्रकाशित मिति: २०८२ आश्विन २१, मंगलवार ०७:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.