अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार ब्रिफिङ कार्यक्रम तय गरेकी छन् । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी अन्तरिम प्रधानमन्त्री कार्कीले पहिलो पटक ब्रिफिङ लिन लागेकी हुन् ।
बालुवाटार स्रोतका अनुसार सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन तयारी गरेकी छन् । सबै राजदूत र नियोग प्रमुखहरूसँग बुधबार दिउँसो भर्चुअल माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ सरकार बनेपछि राजदूतहरूसँग संयुक्त रूपमा कुराकानी हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ । नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतदेखिकै प्रचलन रहेको छ।






