• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज संसारभर विश्व हुलाक दिवस मनाइँदै

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २३, बिहीबार ०७:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच भन्ने नाराका साथ आज संसारभर विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विट्जरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन्।

    यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन्। विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको सन्देशमा हुलाकका माध्यमबाट शहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा शहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर् याएको बताएका छन् ।

    सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट भएको मानिन्छ । नेपालमा पहिले-पहिले मुग्लान अथवा शहर गएका परिवारका सदस्यले घरमा र घरका भएका परिवारका सदस्यले मुग्लानीसँग कुरागर्न हुलाकको प्रयोग गर्थे । त्यो बेला माध्यम थिए, हुलाकी अथवा हलकारा । त्यो बेला उनीहरुको महत्व नै छुट्टै थियो ।

    उ बेला रेडियो, टिभी, इन्टरनेट, सबैको काम हुलाकले नै गरिरहेको थियो ।  विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातमा सञ्चारको पहुँच पुग्यो । अहिले पनि हुलाकको महत्व हराएको छैन । हुलाक टिकटको बेग्लै महत्व छ । रजिट्रि गरेर पठाउनु पर्ने चिठ्ठी पा पार्सलका लागि हुलाक नै आवश्यक पर्छ ।

    हुलाकको तस्वीर नयाँ पुस्ताले विर्सनै सक्दैन । अहिले स्कूले केटाकेटीले स्कूलमा लेखन अभ्यासको क्रममा बुबा, आमा र  साथीलाई पत्र लेख्छन् । हुन त त्यो चिठ्ठी इमेल मार्फत पनि पठाउन सकिन्छ । तर, अनिवार्य अभ्यासका क्रममा उनीहरुले प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चार अभ्यासलाई पछ्याउँछन् ।

    Post Views: 86
    प्रकाशित मिति: २०८२ आश्विन २३, बिहीबार ०७:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.