नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश न्यायाधीश बनेको व्यक्ती प्रधानमन्त्री मन्त्री बन्न संविधानले नदिने भन्दै त्यही संविधानको व्याख्या गर्ने सुशीला कार्की प्रधानमन्त्री बन्नका लागि भदौ २३ गते जेनजी बनेर सडकमा र भदौ २४ गते कम्मर कसेर लागेको बताएका छन् । नेकपा एमाले भक्तपरले अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बर्तमान संविधान सम्मत नभएको बताए । उनले सुशीला कार्की चुनाव गराउन नआएको भन्दै चुनावको म्याण्डेड त राष्ट्रपतिले दिनुभएको मात्र भएको बताए ।
ओलीले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको भन्दै विभिन्न शक्तिहरू पछि सरेर ‘जेनजी’का नाममा आगो लगाइएको बताए । उनले भने– ‘राप्रपाले उधुम मच्चाउन खोज्यो, केही गर्न सकेन । अहिले आफू पछि बसेर, पेट्रोल जेनजीले फ्याँकेको हो ? आगो जेनजीले लगाएको हो रु आगो कसले लगाएको देखिएको छ ? ’ उनले राष्ट्रको संरचना ध्वस्त गर्ने कार्य क्षम्य हुन नसक्ने बताए ।
उनले पासपोर्ट रोक्का गरिएको प्रति असंतुष्ट देखाउँदै आफू सुशीला कार्कीको डरले केपी ओली गुटुटु नभाग्ने बताए ।
उनले भने– ‘पसपोर्ट रोक्का गर्ने सडकमा तमासा देखाइयो । मैले यो सरकार हा हा ह हुबाट बनेको भनेर संक्षिप्त रुपमा भनेको हो । व्याख्या पछि गरौला । कसैले छानेको सरकार हैन । खास उद्देश्यका लागि बनेको हो । काठमाडौं छोडेर जान नपाउने पानी ढलो छोडेर केपी ओली जान नपाउला । सुशीला कार्कीको डरले भाग्छ ?’
उनले राजनीति ख्याल ठट्टा नभएको भन्दै भने – ‘राजनीति ख्याल ठट्टाहोइन पचायत राजतन्त्र ज्ञानेन्द्रको शासन सबै भोगेका लाई यो नयाँ कुरा होइन । देशको स्वतन्त्रता सार्वभौमिकताका लागि लडेर आएका हौँ । जताको शासन लोकतन्त्र ल्याएका पनि हौँ ।’






