सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न रोक लगाएको छ ।
पार्टि अध्यक्ष केपि शर्मा ओलिको निर्देशनमा मोटरसाइकल र्याली गर्न लागेको युवा संघको योजनामा काठमाडौँ जिल्ला प्रशासन तगारो बनेको हो । प्रशासनले शुक्रबार सूचना जारी गर्दै शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र सभा गर्न खोजेको भए पनि शान्ति सुरक्षाको स्थिति बनाइराख्नका लागि अनुमति नदिएको उल्लेख गरेको छ।
’ सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु शुरु भएका छन्। यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएका र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ।’
पूर्व स्वीकृतिविना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
युवा संघलाई मोटरसाइकल र्याली गर्न सरकारको रोक
युवा संघलाई मोटरसाइकल र्याली गर्न सरकारको रोक

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





