असोज २६ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नका लागि नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दै छ । दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक आज लगातार तेस्रो बसिरहेको छ । बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेन्डा उठेको थिए ।
बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो । बैठकमा अहिलेसम्म धारणा राख्ने नेताहरूले पार्टी महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेका छन् ।
वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ । त्यही मङ्सिरमा नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समितिमा लैजान पदाधिकारी बैठकमा सुझाव आएको हो ।






