राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछी जेनजी प्रतिनिधिसङ्गको छलफल आजका लागि स्थगित भएको छ । जेनजीका माग एवम पछिल्लो राजनितीका विषयमा आज जेनजी प्रतिनिधि सङ्ग छलफल गर्नका लागि बिहान ९ बजे तय भएपनी अन्तिम समयमा स्थगित भएको हो । अब यो छलफल आगामी सोमबार हुने रास्ट्रपतिको कार्यालय श्रोतले जनाएको छ ।
अहिले जेनजीका प्रतिनिधिहरूले अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीहरूसंग अहिले अनौपचारिक छलफल शीतल निवासमा नै गरिरहेका छन् । रास्ट्रपती कार्यालय अगाडि भने जेनजीका केही समुहले छलफलमा सहभागी नगराएको भन्दै बिरोध गरिरहेका छन ।राष्ट्रपती पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित दलहरूका प्रतिनिधिसँग फागुन २१ को चुनावबारे छलफल गरेका थिए।






