पेटमा समस्या देखिएपछी राष्ट्रपती रामचन्द्र पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेललाई परिक्षणका लागि चिकित्सकले निगरानीमा राखेका हुन । उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राखिएको हो । उनको पाचन प्रणालिमा समस्या देखिएको बताइएको छ ।






