• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टि–ट्वेन्टी विश्वकप क्रिकेट छनौटको सुपर सिक्स अन्तर्गत आज नेपाल र युएईबीच खेल भीडन्त ,तेस्रो पटक विश्वकपमा स्थान बनाउने लक्ष्यमा दुबै टोली

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २६, आईतवार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सका खेलहरु आजबाट सुरु हुँदैछ । समूहचरणका सबै खेल सकिएसँगै सुपर सिक्सको चरण आजबाट सुरु हुने भएको हो । समूह चरणको अन्तिम खेल सकिदा ओमान, नेपाल र यूएई अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेका छन् भने कतार, जापान र सामोआ भने बिना अंक अर्को चरणमा पुगेका हुन् ।

    समूह चरण अन्तर्गत दुबै खेल जितेका ओमान, नेपाल र यूएईले समान २ अंक रहेको छ । सुपर सिक्स अन्र्तगतको पहिलो खेल आज नेपाल र यूएईबिच हुदैछ ।
    टी–२० अन्तर्राष्ट्रिय वरीयतामा १५ औ स्थानमा रहेको चिरपरिचित यूएईसँग तीन स्थान मुनि रहेको नेपालको प्रतिस्पर्धा रोचक हुने आम दर्शकको अपेक्षा रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १८ औ स्थानमा छ ।

    ओमान क्रिकेट एकेडेमीको रंगशालामा आज दिउँसो ४ः१५ बजे शुरू हुने खेलमा भीड्न लागिका दुबै टीमले समूह चरणमा उत्कृष्ट प्रर्दशन गरेका थिए । नेपाली टोली समूह ‘बी’को विजेताका रूपमा ‘सुपर–६’ चरणमा पुगेको हो । समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको नेपालले दोस्रो खेलमा नेपाली टोलीले जापानलाई पाँच विकेटले पराजित गरेको थियो ।
    त्यस्तै समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको यूएईले समूह चरणको पहिलो खेलमा पहिलो खेलमा कतारलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पाखा लगाएको थियो ।

    सुपर सिक्समा पुगेका टोलीको अंक तालिकामा रहेका ओमान, नेपाल र यूएईको समान दुई–दुई अंक भए पनि नेट रन रेटमा यूएईभन्दा माथि नेपाल छ । नेपाल भन्दा माथि ओमान छ । यूएईको नेट रन रेट ० दशमलब ५३२ रहँदा नेपालको नेट रन रेट ० दशमलब ७८३ रहेको छ । अंक तालिकाको माथिल्लो स्थानमा ओमानको नेट रन रेट १ दशमलब ०४७ रहेको छ ।

    दुई टोलीको ईतिहास के छ ?
    नेपाल र यूएई दुवै टोलीले सन् २०१४ को टी–२० विश्वकपमा एकैपटक ‘डेब्यू’ गरेका हुन् । र दुवैले दुईपटक सम्म विश्वकप खेलेका छन् । तेस्रोपटक विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा भीड्न लागेका दुवै टोली हालसम्म विश्वकपको पहिलो चरण पार गर्न भने सकेका छैनन् ।हालसम्म नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कूल १० खेल भएका छन् । जसमध्ये दुवैले समान पाँच–पाँच खेलको नतिजा आफ्नो पक्षमा पारेका छन् ।

    नेपाल र यूएईबीच सन् २०१९ मा पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएकोमा यूएईले उक्त खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो । दुबईमा सम्पन्न खेलमा नेपाल २१ रनले स्तब्ध बनेको थियो । त्यसपछिकोे दोस्रो खेलमा भने यूएईलाई चार विकेटले पराजित गर्दै नेपालले बदला लिएको थियो र हराएको थियो ।

    सुपर सिक्सको दोस्रो खेलमा नेपालले भोलि कतारसँग खेल्नेछ भने तेस्रो खेल बुधवार सामोआसँग तथा चौथो तथा अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । सुपर सिक्स चरणबाट तीन उत्कृष्ट टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टि–ट्वेन्टी विश्वकप क्रिकेटमा सहभागि हुनेछन् ।
    नेपाली टोली
    रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र लोकेश बम
    यूएई टोली
    वसिम (कप्तान), हैदर अली, जाहिद अली, मुहम्मद अरफान, बासिल हमिद, राहुल चोपडा, मुहम्मद फारुक, जोनाथन फिगी, हर्षित कौशिक, ध्रुव परासर, मुहम्मद रोहिद, एलिसन सराफु, आर्यान्श शर्मा, जुनैद सिद्दकी र सिमरनजित

    Post Views: 162
    प्रकाशित मिति: २०८२ आश्विन २६, आईतवार ०८:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.