शनिबार स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपती रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा छलफलको तयारी गरिरहेको अवस्थामा अस्वस्थ भएपछि राष्ट्रपति पौडेललाई परिक्षण गरि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरेका थिए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्न मणि गजुरेल शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको बताएका थिए ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ। हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं ।’






