• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाली पाककलाको अन्तर्राष्ट्रिय नेटवर्क बनाउँदै गएको अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी लण्डन

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २६, आईतवार १२:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली पाककलाको अन्तर्राष्ट्रिय नेटवर्क बनाउँदै गएको अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटी लण्डनले आफ्नो पाँच वर्षे अवधिमा महत्वपूर्ण काम गर्दै अघि बढीरहेको छ । विगतको उपलब्धि, काम र अनुभवका आधारबाट पाठ सिक्दै महत्वपूर्ण उपलब्धिका आधारमा चुनौतीहरु विद्यमान रहेपनि आगामी योजना निर्धारण गरी थप प्रभावकारी बनाउने संस्थाले जनाएको छ । सन् २०२० मा स्थापना भएको यो विश्वका १३ देशमा विस्तार भएको वोर्ड सदस्यसहित काम गरीरहेको संस्थाका अध्यक्ष अध्यक्ष अर्जुन बहादुर थापाले बताए ।

    पाककलाका अनुभवी विज्ञ थापा यसका प्रशिक्षक तथा नेपाली परिकारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन क्रियाशील छन् । पाककलाको क्षेत्रमा देश विदेशमा चार दशकको अनुभव बटुलेका तनहुँ बन्दिपुर गाउँपालिका बेलभञ्ज्याङका थापाले विश्वप्रसिद्ध पाककला संस्था ले कोर्दोन् ब्लु बाट पाककला उपाधि हासिल गरेका छन् । उनले करिब ४० वर्षअघि काठमाडौंस्थित पाँचतारे द सोल्टी होटल बाट कुकको रूपमा काम थालेर बेलायत र स्विट्जरल्यान्डका एसियाली रेस्टुरेन्टहरूमा १७ वर्षसम्म काम गरे । हाल हिल्टन लण्डनमा कार्यरत उनले स्विट्जरल्यान्डको प्रसिद्ध पाँचतारे होटल द चेडी एन्डम्र्याटमा काम गरेका थिए ।

    नेपाल सेफ एसोसिएसनका संस्थापक सदस्य थापा सन् २०१० मा प्रतिष्ठित ब्रिटिश करी अवार्ड विजेता, सन् २०२४ मा अमेरिकी रियालिटी शो फेभरेट सेफका शीर्ष पाँच मनोनीत मध्ये एक तथा ब्रिटिश कुलिनरी फेडरेशनका सदस्य छन् । विश्वका विभिन्न देशमा कार्यरत सेफहरु प्रत्यक्ष अप्रत्यक्ष आवद्ध अन्तर्राष्ट्रिय नेपलीज सेफ सोसाइटीले नेपाली पाककलाको अन्तराष्ट्रिय नेटवर्कका रुपमा विकास र विस्तार गर्दै लगेको संस्थाका वरिष्ठ पाककला विज्ञ सूर्यकिरण श्रेष्ठ संरक्षक (मेन्टर) ले जानकारी दिए ।

    उनले संस्थाले स्थापना कालदेखिनै सेफहरूको सीप अभिवृद्धिलाई प्राथमिकतामा राखेर फूड हाइजिन, सुरक्षा र एचएसीसीपी जस्ता अन्तर्राष्ट्रिय स्तरका अनलाइन तालिममार्फत अहिलेसम्म १५० भन्दा बढी नेपाली सेफलाई प्रशिक्षित गराएको छ । नेपाली खानाको प्रचार, प्रवद्र्धन एवम् विश्वसामु चिनाउने उद्देश्यले सोसाइटीले विभिन्न फेस्टिवल र प्रतियोगिता आयोजना गर्दै आएको छ । काठमाडौंको अल्फोट होटलमा भएको नेपाली रेसिपी÷फूड प्रतियोगिता र मास्टर सेफ सन्तोष शाहको सम्मान कार्यक्रमसहित संस्थाले सेफ रमेश कार्कीलाई युवा सेफ पुरस्कार, सूर्य महतलाई रेसिपी विजेता, सेफ टेकनारायण नेपाललाई सामुदायिक योगदान, सेफ विक्रम भिक्स, प्रकाश कटुवाल र भरत सुनुवारलाई विशेष योगदान, सेफ सबिता थापालाई विशेष सेफ सम्मानपुरस्कार प्रदान गरेको छ ।

    सेफ आर के लामालाई विशेष सेफ पोशाक प्रदान गरिएको जनाइएको छ । त्यस्तै, सामाजिक दायित्व, व्यावसायिक गतिविधिसँगै सोसाइटी सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको सोसाइटीले सेफ प्रेमलाल घिसिङको रैथाने फूड यात्रा अभियानदेखि क्यान्सर उपचारसम्म ३,५०,०००० सहयोग, कोभिड–१९ को समयमा राहत वितरण र आपतकालीन नगद सहयोग, ग्यास्ट्रोनोमी एसोसियसन अफ नेपाल, ग्लोबल नेपलीज सेफ फेडरेशन, राष्ट्रिय आविष्कार केन्द्र , युवा सेफ गणेश थगुन्ना लाई कुकिङ तालिमको लागि सहयोग प्रदान गरिएको जनाइएको छ । संस्थाले, अन्तरक्रिया, सेमिनार र पुरस्कार वितरण कार्यक्रममार्फत संस्थाले सेफहरूलाई केवल श्रमिकका रूपमा नभई पाककलाका दूतका रूपमा आत्मपहिचान दिलाएको अध्यक्ष थापाको भनाई छ ।

    Post Views: 387
    प्रकाशित मिति: २०८२ आश्विन २६, आईतवार १२:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.