• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

‎नियमित महाधिवेशनको पक्षका लागि दवाव दिन भेला बोलाउँदै कांग्रेस जिल्ला सभापतिहरु

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २६, आईतवार १८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी, पूर्व पदाधिकारीहरूको परार्मश छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला नेता शेखर कोइराला निकट जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा  देखिएका हुन् ।
    ‎महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय रहेका बेला जिल्ला सभापतिहरूले केन्द्रको मात्र नेतृत्व परिर्वतनको विपक्षमा उभिएका छन् ।

    जिल्ला सभापतिहरूले तत्काल सबै जिल्ला सभापतिहरू भेला बोलाएर नियमित महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिलाई दवाव दिने भएका छन् ।
    ‎काठमाडौं उपलब्ध जिल्ला सभापतिहरू रामनाथ अधिकारी (धादिङ),महेन्द्रध्वज जीसी (नवलपुर),तेजेन्द्र खनाल (ओखलढुंगा), बुद्ध लामा(मकवानपुर),रूपनारायण जबेगु (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बु (मोरङ)ले विशेष महाधिवेशन होइन नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने उनीहरूको बुझाइ छ ।
    ‎त्यस्तै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पक्षमा रहेका जिल्ला सभापतिहरूले भेलापछि पार्टीको विधान संशोधनसहितका विषय समेटेर सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एक जिल्ला सभापतिले जानकारी दिए । जिल्ला सभापतिहरूसँग समन्वयका लागि उनीहरू जिल्ला सभापतिले प्रदेश अनुसार कार्यविभाजनसमेत गरेको ती जिल्ला सभापतिले जानकारी दिए ।अधिकांश जिल्ला सभापतिहरु नियमित महाधिवेशनको पक्षमा रहेको ती सभापतिले जानकारी दिए।
    ‎नेता शेखरसहितका नेताहरू छिटो र छोटो प्रक्रियाबाट नियमित महाधिवेशनको पक्षमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्ष उभिएका छन् । सभापति देउवासहितका संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनले पार्टी विभाजन हुने र तत्काल महाधिवेशन पनि सम्भव नरहेको जिकिर गर्दै आएका छन् ।

    Post Views: 224
    प्रकाशित मिति: २०८२ आश्विन २६, आईतवार १८:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
    काँग्रेस विवादसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’, भोलि आदेश आउने सम्भावना
    होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी, अमेरिकी कदमप्रति कडा प्रतिक्रिया
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

    • २. काँग्रेस विवादसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’, भोलि आदेश आउने सम्भावना

    • ३. होर्मुजबाट पछि नहट्ने इरानको चेतावनी, अमेरिकी कदमप्रति कडा प्रतिक्रिया

    • ४. टिकटकले १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटायो

    • ५. कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.