• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सधैँ प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेको कांग्रेसले यो पटक के गर्ला ?

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २७, सोमबार १३:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भदौ २३ र २४ गतेको प्रर्दशनपछि उत्पन्न विषम परिस्थितिमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबारबाट सुरु हुँदै छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक विगतको जस्तो एक साधारण बैठक होइन । यो पार्टीको भविष्य निर्धारण गर्ने निर्णायक बैठक हुने धेरैले अनुमान गरेका छन् । यो बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्ने वा विशेष महाधिवेशनको घोषणा गर्ने वा केन्द्रीय कार्यसमिति भंग गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गर्नेछ । यो केन्द्रीय समितिको बैठकले पार्टीको आन्तरिक विषयका बारेमा निर्णय लिनुका अतिरिक्त मुलुकको विषम परिस्थितिका बारेमा पनि एउटा निचोडमा पुग्नुपर्ने छ ।

    भदौ २३ र २४ गतेको प्रर्दशनपछि उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा विघटन गरिएको छ । फागुन २१ गते चुनाव गर्ने गरी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यही पेरीफेरीमा नेकपा एमालेले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि कानूनी र आन्दोलन समेत गर्ने निर्णय गरिसकेको छ । तर कांग्रेसले यतिबेलासम्म यो विषयमा कुनै निर्णय गरेको छैन् ।

    नेपाली कांग्रेस विगतमा सधैँ प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेको छ । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गर्दा समेत कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा थियो । त्यो बेला सभापति कृष्णप्रसाद भट्टराई, सर्वोच्च नेता गणेशमान सिंह प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा थिए । यद्यपी २०५१ सालमा मध्यावधि निर्वाचन भयो ।

    २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गर्दादेखि २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्दा पनि कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएको थियो । २०५२ सालको प्रतिनिधिसभा विघटनलाई अदालतले पुनःस्थापना गरेको थियो । त

    र २०५८ सालमा प्रतिनिधिसभा विघटन भएर घोषित मितिमा चुनाव हुन नसकेपछि राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि भएको आन्दोलनले २०६३ सालमा पुनःस्थापना भयो । त्यसैगरी २०७७ पुस ५ मा तत्कालीन केपी ओली नेतृत्वको झन्डै दुई तिहाइको सरकारले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए । सो बेलामा पनि कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएको थियो । पछि सो प्रतिनिधिसभालाई अदालतले पुनःस्थापना गरिदिएको थियो ।

    यो पटक निर्वाचित सरकारले पनि नभई अन्तरिम सरकारका प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय गरिसकेको अवस्थामा नेपाली कांग्रेस के निर्णय गर्छ भन्ने सबैको चासो भनेको छ ।

    Post Views: 246
    प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार १३:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.