सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि विघटित प्रतिनिधिसभाका राजनीतिक दलहरूसँग परामर्श गरेका छन्।
सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेका छन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी छैन् ।
पछिल्ला दिनमा नेपाली कांग्रेस र नेकपा एमालेलगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखले परामर्श गरेका हुन्।






