• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अन्य पार्टीका समकालिन नेताको तुलनामा शेरबहादुर जीले हिउँको ढिक्का फोड्नुभयो : जयप्रकाश आनन्द

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २९, बुधबार १३:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    २०३७ को एक आम सभामा बिपी कोईरालाले भावी प्रधान मंत्रीका बारेमा बोल्नु हुदै सबैलाई तरंगित पार्नु भयो। उहाँले भन्नु भयो(“मुलुकमा अहिले प्रजातन्त्र छैन। नेपाली काँग्रेसको आन्दोलनबाट प्रजातन्त्र आउँदा हाम्रा साथी परशुनारायण चौधरी प्रधानमंत्री बन्नु हुनेछ।” सभामा उपस्थित गणेशमान जी र किसुन जी थोरै पनि असहज देखिईनु भएन।

    भोली पल्ट बिहानै एकथरी कुपण्डेलमा किसुन जी बस्नु हुने घरमा पुगेर बिपीको तेस भनाईका प्रति असन्तोष जनाए। भर्खरै गीताका एक अध्याय पढीओरी बाहिरिनु भएका किसुन जी ले बडो ध्यानपुर्वक उनिहरूका कुरा सुन्नु भयो र मन्द आवाजका साथ रेडियोबाट आई रहेको आवाजलाई कम गराउदै तिनीहरू तर्फ उन्मुख हुनु भयो। हाँस्दै भन्नु भयो(“तपाईहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छरु” सामाजिक संजाल तथा कयौं ‘स्कूपबाल’ दैनिकहरूको जमाना थिएन। कतिपयको मन मनै कुरा उठ्यो होला, तर यस कुराको कुनै अतिरंजित बहस देखिएन।

    बिपीले तेसो बोल्नु भएको बखत प्रतिबन्धित नेपाली काँग्रेसमा परशु जी को त्यो हैसियत थियो वा थिएन, तेता न जाउँ। जबकि, तेसको २(३ बर्ष पहिले नै बिपीले अमेरिकाबाट नेपाल फर्किने क्रममा भारतको पटनामा आयोजित काँग्रेसको सम्मेलनमा आफु नेपाल पुगेपछि जेल पर्ने निश्चित छ, गणेशमान जी पनि जेल पर्नु होला। तेस बेला साथीहरूले किसुन जीबाट निर्देशन पाई रहनु हुनेछ भन्नु हुदै किसुन जीलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भयो।

    यसको २(४ दिन पहिले नै सूवर्ण जीले कलकत्तामा बिपीलाई काँग्रेसको सभापतित्व फिर्ता गर्नु भएको थियो। बिपीहरू २०१७ सालमा जेल पर्नु भएपछि २०१८ सालमा पटनामा भएको नेकाको सम्मेलनले सूवर्ण जीलाई बिपीको अनुपस्थितिमा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो। सोही जिम्मेवारी क्यान्सरले थलिनु भएका सूवर्ण जी ले तेस दिन बिपीलाई फिर्ता गर्नु भएको थियो।

    किसुन जी २०१६ को संसदमा सभामुख हुनुहुन्थ्यो। पहिलो संसदीय चुनावमा बिपीले गिरिजा बाबुलाई मोरंगबाट संसदका लागि पार्टीको टिकट दिनु भएन। आफ्नो साख्य भाईलाई टिकट दिएको अपगालका लागि बिपीले टिकट दिनु भएन।किसुन जी र गिरिजा बाबु समान उमेर कै हुनुहुन्थ्यो। उमेरमा किसुन जी गिरिजा बाबुको भन्दा जम्मा जमी २ महिना ७ दिनको जेठो हुनुहुन्थ्यो, यसलाई जेठो पनि भन्न नसकिने। ०७ सालको क्रान्तिमा किसुन जी उदयपुरगढी कब्जा गर्ने नेता र गिरिजा बाबु बिराटनगर। तर, बिपीले किसुन जीलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भयो, यसको एक साता न बित्दै गिरिजा बाबुलाई किसुन जीको मातहत पार्टीको महामंत्री तोक्नु भयो।

    त्यो काँग्रेसको समय थियो। तेती खेर महामंत्री भनेपछि गगन थापा र महामंत्री गिरिजा एकै स्तरको हुदैन्थ्यो। न त काँग्रेसको कार्यवाहक सभापति सूवर्ण जी को स्तरमा पूर्णबहादुर खडका र उपसभापति धनराज गुरूंगको स्तर एउटै हुन्थ्यो। त्यो काँग्रेसको जमाना थियो, अहिले काँग्रेसमा रामराज्यको जमाना हो। तेती खेर किसुन जी भन्नु हुन्थ्यो-“तपाईहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छरु” यतिखेर बर्षौं पहिले रोलक्रमको निर्धारण गरिन्छ काँग्रेसमा।

    जे होस्, लेखनमा मेरा भावनाहरू बहकिनु भन्दा पहिले नै यति कुरा इमान्दारिताका साथ भन्न चाहन्छ कि, पार्टीको सभापतित्व कार्यवाहक सभापति मेरा अनन्य मित्र पूर्णबहादुर खडकालाई सुम्पेर मलाई पनि बडो भावुक बनाउनु भयो। यो सहज काम होईन, बिपीको जमाना होईन। पूर्णबहादुरलाई किनरु अर्जुननरसिंह वा शेखर कोईरालालाई किन नाईरु यस्ता कुराहरू उठलान् तिनका काँग्रेसमा।यो तिनको कुरो हो, तर यति त सत्य हो कि आफ्ना बिश्वासिलो र कुरा मान्ने मानिसको रूपमा कार्यवाहकको दायित्व पूर्णबहादुरमा गयो, यो किमार्थ खराब होईन। पदीय रूपमा अहिलेका अर्का उपसभापतिको मा र ‘ग्रुम गरिंदै लगिएकी’ आरजु जी को मा जाने रोलबाट काँग्रेस अलग हटेको छ।

    समकालिन अन्य पार्टीका अध्यक्ष वा सभापतिको तुलनामा शेरबहादुर जीले हिउँको ढिक्का फोड्नु भएकै हो। धन्यवाद शेरबहादुर दाई, कुनै बेला तपाईको मंत्री पनि थिए।।धेरै कुराहरू यति खेर याद आई रहेको छ।

    Post Views: 174
    प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार १३:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.