नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् । उनले आफूले पार्टी परित्याग गरेको पुष्टि गरेका छन् ।
पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ । साहले २०७४ मा आफू नेतृत्वको नेकपा संयुक्त माओवादीमा विलय गराएका थिए ।
उनले अब कुनै पार्टीमा नलाग्ने भन्दै सामाजिक कार्यमा लाग्ने बताए। माओवादीले पदाधिकारी र केन्द्रीय कमिटी विघटन गर्दै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ। उनले कम्युनिष्ट पार्टीमा सत्ता लिप्सा बढेको र अब सुध्रिन पनि सुझाब दिएका छन्।






