आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट खेलमा उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल नेपाली समय अनुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल छनोट भइसकेको छ ।
नेपालले आजको खेलमा सामोआलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्ने छ । सामोआ विश्वकपको छनोटबाट बाहिरिएको छ । सामोआ सुपर सिक्समा जितविहीन छ ।






