इजरायल–हमास युद्धका क्रममा हमासले बन्धक बनाएको अवस्थामै ज्यान गुमाएका नेपालका विपिन जोशीको शब आज दिउसो नेपाल आइपुग्ने भएको छ । तेल अभिभमा हिजो विशेष समारोह र सम्मानका साथ अन्तिम बिदाइ गरेको इजरायल सरकारले विपिनको शब नेपाल पठाएको हो । फ्लाई दुबईको विमानबाट आज दिउसो दुई बजेर २० मिनेट जाँदा जोशीको शब काठमाडौं आइपुग्नेछ ।
जोशीप्रति अन्तिम श्रदाञ्जली अर्पण प्रधानमन्त्री सुशीला कार्की तथा अन्य मन्त्रीहरुले विमानस्थल पुग्ने बताईएको छ । त्यस लगत्तै जोशीको शव अन्तिम संस्कारको लागि गृहजिल्ला कञ्चनपुरको महेन्द्रनगर पठाईनेछ । महाकाली नदी किनारमा विपिनको दाहसंस्कार गरिने तयारी भएको बताईएको छ ।
अमेरिकामा रहेका जोशीकी आमा पद्मा र बहिनी पुष्पा नेपाल फर्केपछि इजरायलबाट शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको थियो । इजरायली सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत ईजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज अलुमिमबाट अपहरण गरी बन्धक बनाएको थियो । इजराल–हमास युद्धविराम पछि गत साता सम्पूर्ण जिवित तथा मृत बन्धकहरुको शब बुझाउनेक्रममा हमास समुहले जोशीको शब इजरायल फर्काएको थियो ।






