• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विदेश भागे भनिएका पूर्वमन्त्री दिपक खड्का जलेकै घरमा सार्वजनिक, “दशैका लागि साटेर राखिएको नोट उडाएर चरित्र हत्या गरियो”–खड्का

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ३, सोमबार १०:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनजी आन्दोलनपछि विदेश भागे भनिएका पूर्व उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दिपक खड्का सार्वजनिक भएका छन् । आन्दोलनका क्रममा घरसमेत जाईएका पूर्वमन्त्री खड्काआज सोही घरमा सार्वजनिक भएका हुन् । घरमा विदेशी र स्वदेशी लाखौ रुपैया राखेको आरोपमा सम्पत्ति सुद्धिकरण विभागले उनीमाथि छानविन गरीरहेको बताएको छ । तर उनले त्यस्ता रुपैया घरमा राखेको कुराको खण्डन गरेका छन् ।

    कांग्रेस नेता समेत रहेका खड्काले आफ्नो सम्पत्तिबारे निष्पक्ष छानवीन गर्न पनि आग्रह गरे । आन्दोलनका क्रममा दशैंका लागि साटेर राखेको २०–५० का नोट जलाएर उडाइएको उनले प्रस्ट पारे । आफ्नो चरित्र हत्या गर्नका लागि योजनावद्ध ढङ्गले ती नोट जलाएर उडाईएको उनले दाबी गरे । घरमा आगजनी भएका बेला उनी सोही स्थानमा रहेको पनि उनले जनाएका छन् । उनले आफुसँग २–४ लाख नहुन सक्छ भनेर कसैलाई विश्वास नलाग्ने पनि बताए ।

    राजनीति गर्नका लागि ब्यबसाय चाहिन्छ भनेर आफु ब्यबसायमा लागेको र खान लाउन पुग्छ भनेपछि राजनीतिमा होमिएको उनको भनाई छ । भ्रष्टाचार विरुद्ध अभियानकै रुपमा लिएर जाने आफु भएको खड्काको जिकिर छ ।

    आन्दोलनमा घर जलेपछि तनावमा रहेको परिवार लिएर तराई पुगेको तर सोही क्रममा डेङ्गु भएपछि भारतको मेदान्त अस्पतालमा ११ दिन उपचारका लागि भर्ना भएको उनले प्रस्ट पारेका छन् । रीपोर्ट आउञ्जेलको समयमा केही राजनीतिक भेट भएको पनि खड्काले जानकारी गराए । तर सिंगापुर नगएको उनको स्पष्टोक्ति छ । आफु भाग्यो भन्नेबारे मिडीयामा आएका समाचारले आफ्ना बारे दिग्भ्रमित पारेपछि सार्वजनिक भएको उनको भनाई छ । परिवारका सदस्य(श्रीमति) भने उपचारका क्रममा उतै रहेको पनि खड्काले प्रस्ट पारेका छन् ।

    सरकारले आफुलाई वारेण्ट चिठी पनि नकाटेको र काँहि नजानु पनि नभनेको खड्काले स्पष्ट पारे ।सरकारले भाग्यो भनेर समाजलाई दिग्भ्रमित गरेको उनको आरोप छ । राजनीतिक संघर्षका क्रममा पटकपटक जेल परेका नेताको संगत गरेको उल्लेख गर्दै खड्काले पछिल्लो घटनाबाट आफु विचलित नभएको पनि बताए । मुलुकको अवस्थाप्रति धैयैधारण गर्न आग्रह गरेका खड्काले जनताको सुख दुखमा सधै रहिरहने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।

     

    Post Views: 382
    प्रकाशित मिति: २०८२ कार्तिक ३, सोमबार १०:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.