काठमाडौ महानगर पालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले बिदेशको भिसा पाउन नेताहरुको घर धाउन पर्ने व्यंग्य गरेका छन । आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नेताहरु आफै बिदेश पठाउने अजेण्ट भएको बुझिने गरि स्टाटस लेखेका हुन ।
उनले लेखेका छन् -“visa पाउन तिमिहरुको घर धाउन पर्छ,अरुलाई एजेण्ट भन्छौ !!!”
आन्दोलनमा पुरै देश एमालेले काङ्ग्रेसको र काङ्ग्रेसले एमालेको जलाएको आरोप लगाउदै दोष भने आफ्नो बालबच्चालाई लगाएको आरोप लगाएका छन् ।
स्टाटसमा बालेनले तुइन र काठको पुल बनाउने नेताहरुले यो देश बिदेशीले बिगार्यो भन्ने गरेको पनि उल्लेख गरेका छन् ।
बालेनले आफुलाई लुसिफर भन्ने हरुलाई पनि इङ्गित गर्दै भनेका छन्-“चियाको टाइममा अरुलाई लुसिफर भन्छौ ! “यसैमा थपेका छन् -“लाज लाग्दैन ?”






