अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई लिएर दुई दिने उतै बस्नेगरि मधेश झरेका छन् ।
मन्त्रीहरूसहित गृहसचिव रामेश्वर दंगालसहितको टोली मधेश प्रदेशको राजधानी जनकपुर गएका छन् । शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन मन्त्रीहरू पुगेका हुन् ।
उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको व्यवस्थाबारे जानकारी लिने बताइएको छ । मन्त्रीहरुको टोली सोमबार र मंगलबार दुई दिन मधेश प्रदेशमा रहने छ ।
मन्त्रीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालय प्रमुखहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।






