• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हिमाली जिल्लामा ब्यापक हिमपात / सुरक्षित रहन के गर्ने, के नगर्ने ?

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ११, मंगलवार १४:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हिमाली जिल्लाहरुमा आज ब्यापक हिमपात भईरहेको छ । हिमाली जिल्ला मुस्ताङसहितका अन्य जिल्लामा हिमपात भईरहेको हो । चाडवाडको समयपछि ती जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेको छ । यसै क्रममा विभिन्न जिल्ला प्रशासन कार्यालयले हिमपातका बेला पदयात्रा गर्नेहरुका लागि सचेत समेत गराएको छ । मौषमका बारेमा पूर्व सूचना लिएर मात्र पदयात्रा गर्न प्रशासनले आग्रह गरेको हो ।

    उल्लेखित उपायहरु अपनाउदा हिमपातका बेला सुरक्षित रहन सकिन्छ ।

    हिमपातका कारण अत्यधिक चिसो हुने तथा अन्य जोखिम उत्पन्न हुन सक्ने भएकोले सावधानी अपनाऔं। शरीरको सबै भाग ढाक्ने गरी बाक्लो र न्यानो लुगा लगाउँ। सुत्दा न्यानो सिरक, कम्मलजस्ता ओढ्ने प्रयोग गरौं, छाती तथा टाउको अनिवार्य रुपमा ढाकौं।
    ‎बेलाबेला तातो पानी, पोषिलो तातो झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं। बालबालिका, गर्भवती, सुत्केरी एवं ज्येष्ठ नागरिकहरूको विशेष हेरचाह गरौं।
    ‎ज्वरो आए, झाडा पखाला लागे, दम बढे, खोकी लागे, घ्यार घ्यार भए, सास फेर्न कठिन भए स्वास्थ्यकर्मीलाई सम्पर्क गरौं। चिसो वा भिजेको कपडा नलगाउँ। (चिसो कपडाले शरिरको तापक्रम झन् छिटो घटाउँछ।)


    ‎दुध चुस्ने बच्चालाई नियमित रुपमा स्तनपान गराउँ। न्यानो पार्न कोठामा आगो वा हिटर बाल्दा सबै झ्यालढोका बन्द नगरौं, हावा ओहोरोदोहरो हुने व्यवस्था गरौं।
    हिउँ वा बरफ नखाउँ। पानी जमे बरफ तताएर पानी बनाउँ। हिमपात भइरहेका बेला अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगरौं।
    हिमपात वा तुसारो जमेको ठाउँमा सवारी चलाउँदा चिप्लिएर दुर्घटना हुनसक्ने भएकोले सावधानी अपनाउँ। पदयात्री एवं पर्वतारोहीले पर्याप्त सुरक्षा प्रबन्ध गरेर मात्र यात्रा गरौं।

     

    Post Views: 316
    प्रकाशित मिति: २०८२ कार्तिक ११, मंगलवार १४:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.