सोलुखुम्बु जिल्लाको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर आज बिहान लुबुचेमा दुर्घटना भएको हो ।
यात्रु लिनका लागि त्यसतर्फ गएको उक्त हेलिक्पटर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवी क्षति भने भएको छैन ।हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको जनाईएको छ । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो । दुर्घटनाको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले पुष्टि गरीन् ।






