नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । सुकेधारस्थित मिराकल पार्टी भेन्युमा ११ बजेबाट बैठक सुरु हुन लागेको हो ।
आजबाट सुरु बैठक १४ गतेसम्म चल्नेछ । बैठकमा वर्तमान परिस्थिति र पार्टीको दायित्वको बारेमा मुख्य छलफल हुने पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख पकाश ज्वालाले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रसंग एकताका बारेमा पनि छलफल हुने बताइएको छ ।






