• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पार्टीको महाधिवेशन र आम चुनावका बारे महामन्त्री शर्माले कार्यबाहक सभापति समक्ष ४ प्रस्ताव

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १३, बिहीबार १२:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर पार्टीको महाधिवेशन र आम चुनावका बारेमा चारवटा प्रस्ताव अगाडि सारेका छन् । उनले आज बिहान खड्कालाई भेटेर महामन्त्री शर्माले सो प्रस्ताव राखेका हुन् । शर्माले पहिलो विकल्पको रूपमा कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित २७–२९ मंसिरको कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्ने । उनले पेस गरेको दोस्रो प्रस्तावमा मंसिरभित्रै विशेष महाधिवेशन गर्ने ।

    शर्माले पार्टीको विधानको दफा १७ को उपदफा २ बमोजिम केन्द्रीय समितिले चाहेमा भनेर उल्लेखित दफा बमोजिम बोलाउन प्रस्ताव गरेका हुन् । शर्माले तेस्रो विकल्पको रूपमा विधानको दफा १७ को उपधारा बमोजिम नै ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    यी तीनवटा विकल्पहरूमा सहमति हुन नसके युवाको व्यापक प्रवेशको ढोका खोल्नको लागि विशेषभन्दा नियमित महाधिवेशन उपयुक्त हुने ठहर पनि शर्माको छ । उनले अघि सारेको चौथो विकल्पमा थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौँ त्यसका लागि १६ देखि १९ पुष सम्मको मिति उपयुक्त हुने प्रस्ताव गरेका छन् ।

    जारी केन्द्रीय समितिको बैठकबाट निर्वाचन समिति पुनर्गठन विधान संशोधन मस्यौदा समिति गठन महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन गर्नुपर्ने प्रस्ताव शर्माको छ । २१ फागुनमा घोषित प्रतिनिधिसभाको चुनावको तयारी गर्नुपर्ने निर्णय पार्टीले गर्नुपर्ने प्रस्ताव शर्माको छ ।

    प्रतिनिधिसभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरूपण सर्वोच्च अदालतले गरेपछि टुङ्गो लाग्नेछ । त्यसैगरी, उम्मेदवार चयनमा प्राइमरी इलेक्सन गर्नुपर्ने प्रस्ताव शर्माले गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्यूनतम एक महिलासहित तीन जनाको नाम २१ फागुनको उम्मेदवारको रुपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय गर्न उनले सुझाएका छन् ।

    त्यस्तै, राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन सबै राजनीतिक दलहरूसँग संवादको आयोजना गर्ने र जेन–जी युवाहरूसँग संवाद गर्न तीन सदस्य कार्यदल गठनको प्रस्ताव पनि शर्माले गरेका छन् ।

    Post Views: 113
    प्रकाशित मिति: २०८२ कार्तिक १३, बिहीबार १२:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.