• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस केन्द्रीयसमिति बैठक आजदेखि पुनः बस्दै, दुई महामन्त्रीसहितको शीर्ष नेताको बैठक धोविघाटमा जारी

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १६, आईतवार १०:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक सुरू हुने तय भएको छ। केन्द्रीय समितिको बैठक अगाडि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका दुई महामन्त्रसहित शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

    केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सहमति खोज्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताको बैठक बोलाएका हुन् । सो बैठक बिहान ९ बजेदेखि ललितपुरस्थित धोबीघाटमा बसिरहेको छ । १५औं महाधिवेशनको मितिबारे विवाद भएपछि गत शुक्रबारका लागि तय भएको बैठक स्थगित भएको थियो ।

    शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्तावसमेत गरेका थिए । महाधिवेशन कार्यतालिकाबारे विवाद भएपछि शुक्रबार बस्दै नबसी बैठक स्थगित भएको थियो।

    शुक्रबार बैठक स्थगित गरी आइतबारदेखि पुनः बस्ने गरी सूचना जारी गरिएको थियो। महाधिवेशन कार्यतालिकालाई लिएर सहमति जुटाउनका लागि शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका थिए। पदाधिकारी बैठकले पनि महाधिवेशनबारे सहमति जुटाउन भने सकेन।

    Post Views: 176
    प्रकाशित मिति: २०८२ कार्तिक १६, आईतवार १०:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.