नियमित महाधिवेशन गर या त तत्काल केन्द्रीय समिति भंग गर्न माग गर्दै दबाब दिनका लागि नेपाली कांग्रेसका ४०वर्ष मुनिका युवाहरूले केन्द्रीय कार्यालयको गेटमा लगाएको ताला खुलेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको पहलमा ताला खोलेको नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विश्वदिप लामिछानेले जनाएका छन् । आइतबार कांग्रेस केन्द्रीय समिति स्थगित गरेपछि उनीहरूले केन्द्रीय कार्यालयको गेटमा ताला लगाइदिएका थिए ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले नेपाली कांग्रेस चालू केन्द्रीय समितिको बैठकले तत्काल महाधिवेशनको मिति तोक्ने, ४० बर्ष मुनिका ४० प्रतिशत युवाको माग सुनिश्चितता सम्बन्धमा केन्द्रीय समितिको बिधानमा परिमार्जन गर्नु पर्ने भएकोले बृहतर नेपाली कांग्रेस पार्टीको बिधानमा छलफल गरि माग समबोधन गर्ने, विगत ४ बर्ष भित्र कृयाशिल सदस्यता नविकरणको प्रगति विबरण सार्बजनिक गरि नेपाली कांग्रेसको वेभसाइटमा राख्ने विषयमा मुख्य सचिवको उपस्थितिमा कार्यवाहक सभापतिले निम्न कुरमा प्रतिवद्धता जनाएकाले ताला खोलेको जानकारी दिएका छन् ।
नेपाल विद्यार्थी संघको पूर्व कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा रहेको युवाहरूले नियमित महाधिवेशन वा केन्द्रीय समिति भंगको माग गर्दै आएका छन् । उनीहरूले आइतबार काँग्रेस केन्द्रीय कार्यालयमा पदाधिकारी एव र केन्द्रीय सदस्यलाई खवरदारी गर्न केन्द्रीय कार्यालय अगाडि प्रर्दशन गरेका थिए । ४० वर्ष मुनिका युवाहरूले नियमित महाधिवेशन गर या त तत्काल केन्द्रीय समिति भंग गरेर मात्र कांग्रेस सुधार र रुपान्तरणको बाटोमा युवाहरुको भावना अनुसार बढ्ने निष्कर्ष निकालेका छन् ।






