• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

१४ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै निकाय विघटन गरौँ : बलबहादुर केसी

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २६, बुधबार १५:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले १४ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै निकाय विघटन गर्न माग गरेका छन् । जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै नेता केसीले वर्तमान केन्द्रीय कार्यसमिति बैठकले सहमतिबाट महाधिवेशनको विषयमा देखिएको विवादको समाधान निकाल्न नसके केन्द्रदेखि वडासम्मका सबै समिति विघटन गर्नुपर्ने बताए । नेता केसीले निकास निकाल्न नसक्ने समितिको काम नभएको बताए ।

    केसीले पार्टीको सङ्कट समाधानका लागि महाधिवेशन अन्तिम विकल्प भएको बताए । उनले वर्तमान कार्यसमितिले निकास दिन नसके निर्वाचन गराउने नैतिक अधिकारसमेत गुमाउने उल्लेख गर्दै आफ्नो प्रस्तावलाई पार्टीको पुनर्जीवनका लागि आवश्यक ‘थेरापी’ भएको बताए । केसीले पार्टीभित्रको गुटगत राजनीति चरम अवस्थामा पुगेको र सामान्य प्रक्रियाबाट समाधान खोज्ने अवस्था नरहेको जिकिर गरे । अबको महाधिवेशनलाई शक्ति प्रदर्शनको थलो नबनाएर पार्टीको भविष्यबारे गम्भीर चिन्तन गर्ने चौतारी बनाउनुपर्ने प्रस्ताव केसीको छ ।

    केसीले संस्थापन र इतर दुवै समूहका नेतृत्वमा रहेका नेताहरूको आलोचना गरे । इतर समूहका नेताहरू डा शेखर कोइराला र गगन थापालाई एक हुन नसके संस्थापन पक्षसँग लड्ने तागत नै नहुने बताए । देउवाले पार्टीलाई सहमतिको आधारमा नभई गुटगत स्वार्थमा चलाएको आरोप केसीले लगाए । पार्टीभित्र एकताको वातावरण बनाउन महाधिवेशनअघि अनुशासनको कारबाहीमा परेका सबै नेता–कार्यकर्तालाई आममाफी दिनुपर्ने केसीको माग छ ।

    Post Views: 578
    प्रकाशित मिति: २०८२ कार्तिक २६, बुधबार १५:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.