भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले आजबाट सेवा निवृत प्रहरी महानिरिक्षक चन्द्र कुवेर खापुङलाई काठमाडौं बाहिर जान रोक लगाएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले एक विज्ञप्ती जारी गर्दै आयोगले बयानका लागि कुनै पनि बेला बोलाउन सक्ने भन्दै काठमाडौं छोड्न रोक लगाइएको जनाएका छन् ।
आयोगले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी सम्वन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।






