राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।
उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।उनी पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्ने तयारीमा रहेका छन् ।
यसअघि रास्वपाकै केन्द्रीय सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् ।






