नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् ।
कार्की सिंग्देलसंग शिष्टाचार भेटका लागि शुक्रबार नेपाली सेनाको जङ्गी अड्डा, भद्रकालीमा गएको नेपाल प्रहरीले जनाएको छ ।
सो भेटमा प्रधानसेनापति सिग्देलले आईजीपी कार्कीलाई बधाई दिएका छन् ।






