• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसमा बढ्दो गुटबन्दीप्रति सहमहामन्त्री पाण्डेको आक्रोश : ‘गुण–दोषका आधारमा नेता छनोट गरौँ’

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २९, शनिबार १३:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री  रमेशकुमार पाण्डेले पार्टीभित्र बढ्दो गुटबन्दी,व्यक्तिगत मोह र कार्यकर्ताबीचको खिचातानीप्रति कडा आक्रोश व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत हालका पार्टी भित्र देखिएका घटनाले कांग्रेसको संगठन नै कमजोर बन्दै गएको उल्लेख गरेका छन्।

    पाण्डेले शेरबहादुर देउवा र गगन थापासँग नजिक मानिएका युवाहरू नै कठिन अवस्थामा नेताको सुरक्षामा उभिन नसक्नु पार्टीभित्रको असुस्थता र कमजोर संरचनाको प्रष्ट संकेत हो। उनले लेखेका छन् – ‘शेरबहादुर दाइसँग नजिक भएका युवा शेरबहादुरलाई जोगाउन गएनन्, न गगनसँग नजिक भएकाले गगनको घर जोगाउन सके। अहिलेचाहिँ दुबै पक्षका युवाहरू आफूलाई सबैभन्दा क्रान्तिकारी देखाउन दौडिरहेका छन्।’

    पाण्डेले नेविसंघ र तरुण दलका गतिविधि कमजोर हुँदै गएको उल्लेख गर्दै यी संगठनहरू पहिलेदेखि जस्तै सक्रिय हुन्थे भने आज पार्टीका नेता र कार्यकर्ता असुरक्षित महसुस गर्नुपर्ने स्थिति नै नआउने बताए । पार्टीभित्रकै साथीहरूको विरुद्ध लड्न तत्पर हुने तर विपक्षीसँग बोल्न डराउने प्रवृत्तिलाई उनले ‘कायरता’को संज्ञा दिए।

    शेरबहादुर देउवाको दशकौँ लामो योगदानप्रति सम्मान व्यक्त गर्दै उनले अब युवाहरूको नेतृत्वले कांग्रेसलाई अघि बढाउनुपर्ने सुझाव पनि दिए। गाली–गलौज, आरोप–प्रत्यारोप र गुटगत भेला बन्द गर्ने समय आएको बताउँदै पाण्डेले गुण–दोषका आधारमा नेता छनोट गर्ने संस्कार सुरु गरेमात्र कांग्रेस सही लक्ष्यतर्फ बढ्न सक्छ स्पष्ट पारे ।

    Post Views: 437
    प्रकाशित मिति: २०८२ कार्तिक २९, शनिबार १३:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.