निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि दिएको समयसीमाको आज अन्तिम दिन हो ।आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ दल दर्ताको कात्तिक ३० गते सम्मको समयसिमा तोकेको थियो ।
आयोगले यस अघि नै निर्वाचन आयोगमा दर्ता भएका दलहरू निर्वाचन प्रयोजनका लागि दल दर्ताको छुट्टै समयसीमा पनि तोकेको छ ।जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको छ ।
शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन्। श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन्।
यस्तै १० वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि दल दर्ताको प्रमाणपत्र लिइसकेको छ। यस्तै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ।






