नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह पौने १२ बजे कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै अपरान्ह चार बजे विराटनगर किंग्स र पोखरा एभजेन्जर्स भिड्नेछन्।
यसअघि सोमबार भएको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।






