संविधानविद् भीमार्जुन आचार्यले नेताहरूलाई आफ्ना सभा-सम्मेलनमा जान रोक लगाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनि प्रश्न गरेका छन् । सिमरा घटनाप्रति समाजिक सञ्जाल एक्समार्फत आचार्यले जेनजीकै सत्ता भएको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन जेनजी युवालाई आग्रह गरेका छन् ।
उनले जेनजी युवाहरूलाई अहिले आफ्नै सत्ता छ भन्ने हेक्का राख्न र त्यसअनुरुप व्यवहार गर्न सुझाव दिए । उनले लेखेका छन् – ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो ।’
उनले लेखेका छन् – ‘नेताहरूलाई आफ्ना सभा–सम्मेलनमा जान रोक लगाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’






