नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने– ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो ।’
प्रसाईंले भएकै कुरा भिडियोमार्फत सार्वजनिक गरेको ओलीको दाबी छ । उनले अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताए ।






