• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मानव अधिकार तथा शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

  •  नेपाल चौतारी
  • २०८२ मंसिर ३, बुधबार १५:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मानव अधिकार तथा शान्ति समाजले २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जना मध्ये ११ जना स्रष्टाहरुलाई प्रदान गरेको छ । २०८२ मङसिर ३ गते काठमाण्डौमा आयोजित कार्यक्रममा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता सम्मान, रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, वागदेवी राईलाई जोगमाया बराल स्रष्टा सौगात, पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, गौरी तमुलाइ जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गरिएको थियो ।

    यसैगरि प्रा. चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, प्रा.डा. गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, पुरष्कृतहरुको तर्फबाट परिवारका सदस्य÷प्रतिनिधिहरुले ग्रहण गरेका थिए ।

    पुरस्कृत स्रष्टाहरुले नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गरका छन् भने अंग्रेजी भाषामा समेत उनीहरूका कृति प्रकाशित छन । शान्ति समाज ले २०७७ साल देखि यो पुरस्कारहरु प्रदान गर्दै आएको छ ।

    दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा।तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरिएकोमा स्वास्थ्य अवस्थाका कारण उनीहरू उपस्थित हुन सकेनन् ।

    शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटी, कवि अर्जुन पराजुली, शान्ति समाजका पूर्व सभापतिहरु होमकान्त चौलागाई र रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिल्ली जैसी, सचिव दिवाकर पुडासैनी, सचिव प्रेम पटेल, सचिव तुुलसीराम सुनार, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, पुुर्व कोषाध्यक्ष किरण ढकाल र स्रष्टा रामबाबु दाहालले उक्त पुरस्कारहरु प्रदान गरेका थिए ।

    कार्यक्रममा उपसभापतिहरु लक्ष्मीनारायण मिश्र र धन थापा, पूर्व बरिष्ठ उपसभापति तथा अनुशासन समितिका संयोजक कृष्णबहादुर रावलले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिब प्रकाश शाहीले गरेका थिए । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले आफ्नो रचना वाचन गरेका थिए ।

    Post Views: 337
    प्रकाशित मिति: २०८२ मंसिर ३, बुधबार १५:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.