नेपाली कांग्रेसका ४० वर्ष मुनीका युवाहरूले कांग्रेस सुधार अभियान सुरु गरेका छन् । सो अभियानको केन्द्रीय समितिमा ४० वर्षमुनिका १०१ जना युवाहरू समेटिएका छन् ।
नेपाली काँग्रेसको आमुल सुधार, रुपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फवाट संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि सो अभियान सुरु गरिएको बताइएको छ ।
त्यसैगरि अभियानले भ्रष्टाचारको विरुद्धान खवरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फवाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरि इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, संवद्र्घनका लागि खवरदारी, नयाँ बहस र पैरवि गर्ने जनाएको छ ।
अभियानद्धारा जारी गरिएको विज्ञप्तीमा नेपाली काँग्रेसको समयसापेक्ष सुधारका लागि पार्टी भित्र पनि आन्तरिक शुसासन, पारदर्शिता, जवाफदेहिता, न्याय र निष्पक्षता कायम गर्न नीतिगत व्यवस्था गरि व्यवहारिक कार्यान्वयन गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख छ ।







