• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

  •  नेपाल चौतारी
  • २०८२ मंसिर ५, शुक्रबार १२:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक भएको छ । सोही प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रिति टु युनिकोड, युनिकोड टु प्रिति रूपान्तरण गर्न सक्ने भएका हुन् । साथै रोमनाइज्ड नेपालीमा लेख्ने र नेपालीमा परिणत गर्ने सुविधा समेत उपलब्ध छ । विकासकर्ताका अनुसार यो प्लेटफर्मलाई अन्य कनभर्टर भन्दा फरक बनाउन यूजर एक्सपिरियन्स (UX) र यूजर इन्टरफेस (UI) मा विशेष ध्यान दिइएको छ। अझ यस फन्ट कन्भर्टरलाइ कुनै पनि वेभसाइटमा निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ ।

    सहज र प्रयोगमैत्रीः नेपालमा अझै पनि प्रचलित ‘प्रिति फन्ट’ प्रयोग गर्नेको संख्या ठूलो छ। तर सरकारी निकाय, अनलाइन मिडिया र आधिकारिक प्रयोजनका लागि भने युनिकोड अपरिहार्य जस्तै बनेको छ । यस्ता प्रयोगकर्ताका लागि सञ्चारगृह डट कम सहज विकल्प बनेको विकासकर्ताले बताएका हुन् ।

    एक विकासकर्ताले भनेका छन्,–“हालका कनभर्टर जटिल, विज्ञापनले भरिएका वा मोबाइलमैत्री छैनन् । हामीले भने प्रयोगकर्ताले सजिलै बुझ्ने र तुरुन्तै काम गर्ने प्रणाली विकास गरेका छौं ।” रोमनाइज्ड नेपाली सुविधासहितः नयाँ पुस्ताले सामाजिक सञ्जाल र मोबाइल च्याटमा रोमन लिपि प्रयोग गर्ने गरेको पाइन्छ। जस्तै“Mero naam Ram ho” टाइप गर्दा यस प्लेटफर्मले सिधै “मेरो नाम राम हो” मा परिणत गर्नेछ ।

    यस सुविधाले युवापुस्तालाई मातृभाषामा लेख्न सहज बनाउने र नेपाली भाषाप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ । पत्रकार र प्रकाशनका लागि उपयोगीः विशेषगरी पत्रकार, सम्पादक, अनुवादक र प्रकाशन गृहका लागि यो प्लेटफर्म उपयोगी हुने सञ्चारगृहका प्रमुख शम्भु ढुंगानाले बताउनुभयो। समाचार सम्पादन, पुस्तक प्रकाशन वा अनुसन्धान कार्यमा प्रिति–युनिकोड रूपान्तरण गर्ने आवश्यकताले धेरै समय खाने गरेकोमा सञ्चारगृह डट कमले सजिलो समाधान दिने विकासकर्ताको दावी छ ।

    मोबाइल मैत्री डिजाइनः प्लेटफर्मलाई मोबाइलमैत्री बनाइएको छ। सामान्य इन्टरफेस, सजिलो नेभिगेसन र तीव्र रूपान्तरणका कारण प्रयोगकर्ताले कम्प्युटर भन्दा मोबाइलमै बढी प्रयोग गर्ने अपेक्षा गरिएको छ। भविष्य योजनाः विकास टोलीले निकट भविष्यमा स्पेल चेकर, व्याकरण सजेशन, प्रत्यक्ष नेपाली टाइपिङ टुल र बहुभाषिक कन्भर्टर थप्ने योजना बनाएको छ ।

    योसँगै ‘सञ्चारगृह डट कम’ केवल कनभर्टर नभई पूर्ण भाषिक समाधान केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ। नेपाली भाषामा योगदानः डिजिटल युगमा नेपाली भाषाको प्रयोग घट्दै गएको समयमा यो प्लेटफर्मले भाषालाई अझ सहज र उपयोगी बनाउने विश्वास गरिएको छ । डल्फा सोलुसन्स प्रालिका प्रमुख तथा विकासकर्ता निकेश महर्जनले हाम्रो उद्देश्य नेपाली भाषालाई डिजिटल क्षेत्रमा सहज र आकर्षक बनाउन योगदान दिने बताए ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ मंसिर ५, शुक्रबार १२:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.