नेपाली कांग्रेसको एक महिना भन्दा लामो कांग्रेसको केन्द्रीय समितिको बैठक आज सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको छ । मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएको निष्कर्ष निकाल्दै निर्वाचनमा भाग लिने निर्णय गरेको हो । एक महिना भन्दा लामो रस्साकस्सीबीचमा अल्झेको महाधिवेशनको मितिका बारेमा भने कांग्रेस निर्णयमा पुग्न सकेको छैन् ।
कांग्रेसले एक महिनासम्म निर्णय गर्न नसकेर बन्दी बनेपछि अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर सम्झाउन परेको थियो । महामन्त्रीद्धयले शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेपछि बल्ल महामन्त्री पार्टीलाई बन्धक बनाउन छोडेर चुनावको निर्णयमा पुग्न तयार भएका हुन् ।
अन्तरिम प्रधामन्त्री कांर्कीले कांग्रेसको राष्ट्रिय राजनीति खासगरि निर्वाचनका विषयमा निर्णय लिन नसक्दा अन्योल सृजना भएको भन्दै निर्णय लिन आग्रह गरेपछि महामन्त्रीद्धय महाधिवेशनको मिति छोडेर निर्वाचनका विषयमा निर्णय गर्न सहमत भएका हुन् ।
अन्तरिम प्रधानमन्त्रीसंगको भेटपछि निर्वाचनका विषयमा निर्णय लिन तयार भएको महामन्त्री थापाले शनिबारको केन्द्रीय समितिको बैठकपछि संचारकर्मीहरूसंग पुष्टी गरे । उनले सरकारदेखि सर्वत्र नेपाली कांग्रेसले चुनावका बारेमा निर्णय नगर्दा अन्योल देखिएको गुनासो बढेपछि महाधिवेशनको मितिलाई थाती राखेर चुनावमा बारेमा निर्णय लिइएको बताएका थिए ।






